Is It "Gastric" or a Heart Attack? How to Recognize Deadly Chest Pain in Time ग्यास्ट्रिक हो कि हृदयघात? छातीको खतरनाक दुखाइ समयमै कसरी चिन्ने?
In Nepal, the single biggest reason patients arrive late to the hospital during a life-threatening heart attack is mistaking cardiac chest pain for "gastric" (acidity or indigestion). Anatomically, the inferior (bottom) wall of the heart rests directly on the diaphragm right above the stomach. When the artery supplying that part of the heart becomes blocked, patients feel upper abdominal burning, fullness, belching, and nausea—symptoms that closely mimic gastritis.
नेपालमा हृदयघात हुँदा बिरामीहरू ढिलो अस्पताल आइपुग्नुको सबैभन्दा मुख्य कारण छातीको दुखाइलाई 'ग्यास्ट्रिक' ठान्नु हो। शारीरिक बनावट अनुसार मुटुको तल्लो भाग (Inferior wall) र आमाशय (पेट) एकदमै नजिकै रहन्छन्। जब मुटुको तल्लो भागमा रगत पुर्याउने नसा बन्द हुन्छ, तब पेटको माथिल्लो भाग पोल्ने, अमिलो डकार आउने, वाकवाकी लाग्ने र छाती भारी हुने जस्ता ग्यास्ट्रिकसँग मिल्दोजुल्दो लक्षण देखिन्छ।
- Diffuse Pressure, Not a Needle Point: Cardiac pain feels like a heavy weight, squeezing, tightness, or choking sensation across the center or left side of the chest—not a tiny spot you can point to with one finger. छाती थिचेको वा भारी भएको अनुभव: औंलाले देखाउन मिल्ने एक ठाउँमा मात्र चस्स दुख्ने नभई छातीको बीच वा बायाँ भागमा भारी ढुङ्गाले थिचेको वा निचोरेको जस्तो हुने।
- Radiation to Arm, Jaw, or Back: The heaviness often spreads to the left shoulder, inner left arm, neck, lower jaw, or upper back between the shoulder blades. दुखाइ शरीरको अन्य भागमा सर्ने: छातीको असजिलोपन बायाँ काँध, बायाँ हात, घाँटी, तल्लो चिउँडो वा ढाडतिर सर्ने।
- Triggered by Walking or Climbing Stairs: Pain that starts or worsens when walking uphill, carrying loads, or climbing stairs—and improves after resting for 5–10 minutes—is classic angina from a blocked coronary artery. हिँड्दा वा उकालो चढ्दा बढ्ने: उकालो हिँड्दा वा भर्याङ चढ्दा छाती भारी हुने र ५–१० मिनेट आराम गर्दा कम हुने लक्षण मुटुको नसा साँघुरिएको स्पष्ट संकेत हो।
- Cold Sweats & Breathlessness: Accompanied by drenching cold sweat (pasina aune), sudden shortness of breath, dizziness, or a feeling of impending doom. चिसो पसिना र स्वाँस्वाँ: दुखाइसँगै शरीरमा चिसो पसिना आउने, सास फेर्न गाह्रो हुने, रिंगटा लाग्ने वा अत्यधिक छटपटी हुने।
- No Relief from Antacids or Burping: Unlike simple acidity, heart attack pain does not resolve after drinking warm water or taking gastric tablets (pantoprazole/antacids). ग्यास्ट्रिकको औषधिले काम नगर्ने: तातो पानी पिउँदा वा ग्यास्ट्रिकको औषधि खाँदा पनि छातीको भारीपन कम नहुने।
Dr. Birat's Golden Rule ("Time Is Muscle"): During a heart attack, millions of heart muscle cells die every minute the artery remains blocked. If you are over 30—or have diabetes, high BP, high cholesterol, or smoke—and experience unusual chest or upper abdominal heaviness lasting more than 15 minutes, do not wait at home. Go immediately to an emergency room for a 12-lead ECG and Troponin blood test. Opening the blocked artery via emergency radial angioplasty within the first "Golden Hour" saves your heart and your life.
डा. बिराटको मुख्य सुझाव ("समय नै मुटुको मांसपेशी हो"): हृदयघात हुँदा नसा बन्द भएको प्रत्येक मिनेटमा मुटुका लाखौं कोषहरू नष्ट भइरहेका हुन्छन्। यदि तपाईं ३० वर्ष नाघेको हुनुहुन्छ (वा सुगर, प्रेसर, कोलेस्ट्रोल र चुरोटको बानी छ) र १५ मिनेटभन्दा बढी छाती वा पेटको माथिल्लो भाग भारी भयो भने घरमै कुरेर नबस्नुहोस्। तुरुन्त अस्पताल गई ईसीजी (12-lead ECG) जाँच गराउनुहोस्। समयमै अस्पताल पुगेमा एन्जियोप्लास्टी गरी मुटुलाई पूर्ण क्षति हुनबाट बचाउन सकिन्छ।